अलीबाबाले तोड्यो बिक्रीको रेकर्ड, एकैदिन ३८ अर्ब डलरभन्दा बढीको कारोबार

Nov 12, 2019 11:47 AM Agency

चिनीयाँ ई–कमर्श कम्पनी अलीबाबाले एकैदिनमा सबैभन्दा बढी सामान बिक्री गरेर नयाँ रेकर्ड बनाएको छ । सोमबार ‘सिंगल्स डे’ का अवसरमा अलिबाबाले २४ घण्टाको समयमा ३८ अर्ब ४० करोड डलरको सामान बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको हो । 

अलीबाबाको यो बिक्री रकम गत वर्षको तुलनामा २७ प्रतिशत अर्थात् करिब ८ अर्ब डलरले बढी हो । गत वर्ष रेकर्ड राख्दै कम्पनीको ३० अर्ब ८० लाख डलर बराबरको बिक्री भएको थियो ।

अलीबाबाले ‘सिंगल्स डे’ मा गरेको कमाई अमेरिकी कम्पनी अमेजनको दुई महिनाको विक्री बराबर हो । यो वर्ष अलिबाबाले आफ्नो प्लेटफर्ममा २ लाखभन्दा बढी नयाँ ब्राण्डहरु राखेको थियो ।

‘सिंगल्स डे’ को सुरुवात भएको ६८ सेकेन्डमा नै एक अर्ब डलर बराबरको बिक्री भइसकेको थियो भने एक घण्टाभन्दा बढीको समयमा १ खर्ब यूआन अर्थात् १४ अर्ब डलर बरारबको सामान बिक्री भएको थियो ।

अलिबाबाले १५ अर्ब डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । सो शेयर हङकङको शेयर बजारमा सूचीकृत हुनेछ । कम्पनीले यही नोभेम्बरको अन्तिम साता सो शेयर सूचीकृत गर्ने तयारी गरेको हो । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।