हिमालयन डिष्टिलरीको प्रि ओपनिङ्गमा रेञ्जबाहिर कारोबार

Nov 12, 2019 12:03 PM Merolagani

कात्तिक २६ गते मंगलबार हिमालयन डिष्टिलरी (HDL) को पहिलो कारोबार रेञ्जभन्दा बाहिर गएर भएको छ। सोमबार एक हजार ७१० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको मंगलबार ९.१२ प्रतिशत माथि पहिलो कारोबार भएको हो।

यस दिन नेप्सेमा प्रकाशित फ्लोरसिट अनुसार डिष्टिलरीको एक हजार ८६६ रुपैयाँमा पहिलो ५० कित्ता भएको छ।

नियम अनुसार कुनै पनि कम्पनीको शेयर मूल्य प्रि ओपनिङ्गमा ५ प्रतिशतसम्म र बजार खुलिसकेपछि २ प्रतिशतसम्म बढाएर खरिदबिक्री गर्न सकिन्छ। तर, हिमालयन डिष्टिलरीको रेञ्जभन्दा ४ प्रतिशत माथि पहिलो कारोबार भएको हो।

 

सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ७१० को ५ प्रतिशत ८५ रुपैयाँ ५० पैसा हुन्छ । यस हिसाबमा प्रि ओपनिङ्गमा एक हजार ७९५ रुपैयाँ ५० पैसा सम्म खरिदबिक्री हुनुपथ्र्यो। तर, कम्पनीको ७१ रुपैयाँ धेरैमा कारोबार भएको हो।

कारोबार खुलेको १ घण्टा अवधिमा कम्पनीको साढे १७ हजार कित्ता शेयर ३ करोड १५ लाखमा कारोबार भएको छ।

 

यसका साथै यस दिनको मार्केट डेप्थमा कम्पनीको शेयर खरिदबिक्रीका शिर्ष ५–५ आदेश देखिएपनि कूल खरिदबिक्री आदेश र मूल्य अन्तर देखिएको छैन।

 

 

यसले नेप्सेको कारोबार प्रणालीमा अझ सुधार गर्नुपर्ने कुरा औँल्याउँछ। नेप्सेले पछिल्लो समयमा कारोबारमा प्रणालीमा देखिने गरेको समस्याहरु समाधान भएको दाबी गरिरहेपनि समस्या अझै यथावत नै देखिन्छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।