युनियन लाइफले बाेलायाे साधारण सभा,आईपीओ निष्काशन प्रकृया शुरू

Nov 12, 2019 01:29 PM Merolagani



पहिलो साधारण सभाबाटै आईपीओ निष्काशन गर्ने प्रस्ताव परित गरेको युनियन लाइफ इन्स्योरेन्सले दोश्रो बार्षिक साधारण बोलाएको छ । इन्स्योरेन्स संचालक समितिको कात्तिक २४ गते बसेको ४१ औं बैठकले पुस ४ गते रुपन्देहीको सिद्धार्थ नगरमा दोश्रो साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभामा इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन तथा लेखा परीक्षणको प्रतिबेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र  एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७५/७६ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ उठाइसकेको छ । जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणहरुबाट उठाउनुपर्ने भएकाले कम्पनीले चालु आर्थिक वर्ष भित्रै ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर जारी गर्न कम्पनीले रेटिङ्ग गराइसकेको छ भने बिक्री प्रबन्धकको नियुक्त गर्ने काम समेत सम्पनन गरेको छ ।

आईपिओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।