गरिमा विकास हात्तीगौंडा शाखाको औपचारिक उद्घाटन

Nov 12, 2019 05:42 PM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले कार्तिक २६ गते मंगलबार बुढानिलकण्ठ नगरपालिका–७, हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले गरेका हुन्।

यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यशिलताको विकास र व्यवसाय विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी शाखा विस्तार गरिएको बताए।

सो शाखामा बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकको काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ।

विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।