गरिमा विकास हात्तीगौंडा शाखाको औपचारिक उद्घाटन

Nov 12, 2019 05:42 PM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले कार्तिक २६ गते मंगलबार बुढानिलकण्ठ नगरपालिका–७, हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले गरेका हुन्।

यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यशिलताको विकास र व्यवसाय विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी शाखा विस्तार गरिएको बताए।

सो शाखामा बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकको काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ।

विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।