लक्ष्मी लघुवित्तको साधारण सभा आह्वान, मर्जर र लाभांश अनुमोदन मुख्य एजेण्डा

Nov 13, 2019 11:14 AM Merolagani



लक्ष्मी लघुवित्त (LLBS) ले मर्जर र लाभांश अनुमोदन गर्ने प्रस्ताव राखेर कम्पनीको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले मंसिर २० गते अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको हो। 

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस र कर सहित ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ

त्यसैगरी सभामा लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर ११ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंसिर १० गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

हाल २४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ। 

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।