माछापुच्छ्रे बैंकको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी भने घट्यो

Nov 15, 2019 09:12 AM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३७ करोड ६० लाख खुद नाफा गरेकोे छ। यो गत आर्थिक वर्षको तुलनामा ४३ लाख १४ हजार अर्थात १.१६ प्रतिशतले बढी हो।

गत बर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड १६ लाख खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकले १५ करोड ५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल २२ करोड ५४ लाख ५९ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

समीक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ्ग ८८ प्रतिशत घटेर १५ करोड ५१ लाख रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात, कोषको लागत, आधारदर, पूँजी कोष अनुपात र कर्जा निक्षेप अनुपात समेत घटेको छ।

चालु आर्थिक वर्षको तीन महिना सम्ममा बैंकले ९१ अर्ब २७ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले कुल २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कमाएको छ। जसबाट १ अर्ब ८४ करोड ४ लाख रुपैयाँ व्याज वापत खर्च गरेर ९५ करोड २४ लाख खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको जगेडामा २ अर्ब ६ करोड ७५ लाख रुपैयाँ संचित छ। नाफामा सामान्य सुधार देखिएपनि ५ प्रतिशत बोनस वितरणपछि चुक्ता पूँजी बढ्दा बैंकको प्रतिशेयर आम्दानी घटेको छ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४६ पैसाबाट १७ रुपैयाँ ७८ पैसामा घटेको हो। बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १२.६० गुणा बढी छ।

असोज मसान्तमा बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशत, कोषको लागत ७.५७, आधारदर १०.५६, पूँजी कोष अनुपात १३.८९ र कर्जा निक्षेप अनुपात ७७.०८ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।