सेञ्चुरी कमर्सियल बैंकको प्रतिशेयर आम्दानीमा सुधार, रिटेन्ड अर्निङ्ग ६२.३३ प्रतिशतले बढ्यो

Nov 15, 2019 10:29 AM Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९ करोड ६८ लाख रुपैयाँले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकले १८ करोड ७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ। यस्तै बैंकको रिटेन्ड अर्निङ्ग ६२.३३ प्रतिशतले बढेर ४७ करोड ८ लाख रुपैयाँ कायम छ।

बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६१ अर्ब २४ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

यस अवधिमा बैंकले १.६१ प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार २.८४ प्रतिशतले बढाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५८ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यस अवधिको बैंकको खुद ब्याज आम्दानी गत आवको असोज सम्मको तुलनामा ११.४७ प्रतिशत अर्थात ८ करोड ३ लाख रुपैयाँले बढेर ७८ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ७० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

यस अवधिमा बैंकको खुद सञ्चालन नाफा ७८ करोड ७३ लाख बढेर ९३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड ६० लाख रुपैयाँ संचित छ।

बैंकको प्रतिशेयर आम्दानीमा समेत बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ ५९ पैसा रहेको प्रतिशेयर आम्दानी यस अवधिमा ४ रुपैयाँ ०४ पैसाले बढेर १७ रुपैयाँ ६३ पैसा पुगेको छ। यस्तै प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अुनपात ८.७४ गुणा बढी छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.४७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ०.८२ प्रतिशत मात्रै खराब कर्जा रहेको थियो।

बैंकको पूँजी कोष अनुपात १३.९७ प्रतिशत, कोषको लागत ७.९९ प्रतिशत, आधारदर १०.४५ प्रतिशत र कर्जा निक्षेप अुनपात ७९.२१ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।