आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन

Nov 15, 2019 11:22 AM merolagani

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को कार्तिक २९ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। 

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३०७ रुपैयाँ ५५ पैसा कायम गरेको छ। आइतबार समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि सहित १० प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्न मंसिर १३ गते बुटवलमा साधारण सभा आह्वान गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।