हिमालयन बैंकको खुद नाफा करिब ७ प्रतिशत बढ्यो

Nov 15, 2019 01:26 PM Merolagani

हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.८५ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ६४ करोड ९६ लाख ५८ हजार नाफा कमाएको थियो।  

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८८ लाख ४१ हजार रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ४९ करोड ५३ लाख ८१ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रहेको छ। असोज मसान्तसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड ५० लाख रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३६ करोड ९९ लाख रहेको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख निक्षेप सङ्कलन गरी ९७ अर्ब ७० करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.४६ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६.९१ प्रतिशत बढेर ९९ करोड २ लाख पुगेको छ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १५.४० गुणा रहेको छ भने निष्क्रिय कर्जा १.१६ प्रतिशत रहेको छ।

बैंकको आधारदर ८.९३ प्रतिशत र स्प्रेडदर ५.३६ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।