बैंकका कर्मचारी र व्यवस्थापनलाई इमान्दारीपूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशन

Nov 16, 2019 03:27 PM Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका व्यवस्थापन र कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । नेपाल बैंकको ८३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताएका हुन् ।

नेपाल बैंकको उदाहरण दिदै उनले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

यस्तै उनले जनताको निक्षेपमा खेलबाड नगर्न भन्दै उनले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न आह्वान गरे ।

 

नेपाल बैंकलाई २१ औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले नेपाल बैंक सङ्ग्रहालय, देशका विभिन्न भागमा स्थापना भएका १८ वटा शाखा र दुई वटा ‘एक्स्टेन्सन काउन्टर’को दूरनियन्त्रणा प्रणालीबाट उद्घाटन गर्नाका साथै बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडीलगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संस्थागत सुशासनमा कडाइ गर्न, कर्जा प्रवाह वृद्धि गर्दै रोजगारीका अवसर सिर्जनामा ग्रामीण भेगका जनतालाई मद्दत गर्न नेपाल बैंक अग्रणी भूमिकामा रहनुपर्ने सुझाव दिँदै वित्तीय पहुँच नपुगेका स्थानमा सेवा पु¥याउन अनुरोध गरे ।

उनले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिँदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताए ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकका प्रगति विवरण प्रस्तुत गर्दै देशको औद्योगिक, व्यापारिक एवं आर्थिक वृद्धिमा सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।