मेगा बैंकको लाभांश पारित, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने उद्घोष

Nov 16, 2019 03:39 PM Merolagani



मेगा बैंक (MEGA) को कार्तिक २९ गते शुक्रबार सम्पन्न नवौँ वार्षिक साधारण सभाले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गनूृका साथै वैदेशीक रणनीतिक भित्र्याउ निर्णय गर्दै आवश्यक प्रकृया अघि बढाउन संचालक समितिलई अख्तियारी दिएको छ ।

बैंकले सञ्चालक समितिले प्रस्ताव बमोजिम हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैयाँको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश अनुमोदन गरेको हो।

यस्तै वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि पेश गरेको प्रस्ताव पनि पारित भएको छ । 

बैंक अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंक प्राप्ति प्रकृया अगाडि बढाएर मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्य रहेको बताए। गण्डकी प्राप्ती पश्चात बैंकको २१० वटा भन्दा बढी शाखा रहने र व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंकको रुपमा स्थापित हुनेछ।

बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।