टेलिकमको बिक्री घट्यो, खर्च बढ्यो

Nov 17, 2019 09:36 AM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल टेलिकम (NTC) को बिक्री घटेको छ भने खर्च बढेको छ। जसले गर्दा कम्पनीको नाफा पनि घट्न पुगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा टेलिकमको बिक्री ४४ करोड ९८ लाख घटेको छ भने कर्मचारी प्रोत्साहन खर्च, सञ्चालन तथा मर्मत खर्च, व्यवस्थापन खर्च लगायका खर्चहरु बढेपनि नाफा घट्न पुगेको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा टेलिकमले सेवा बिक्रीबाट ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा टेलिकमको यस्तो आम्दानी ९ अर्ब ४९ करोड ६ लाख रहेको थियो।
चालु आवको असोज मसान्तसम्ममा टेलिकमको कर्मचारी प्रोत्साहन खर्च १ अर्ब ९४ करोड ८ लाख रहेको छ भने १ अर्ब ७३ करोड २२ लाख सञ्चालन तथा मर्मत खर्च रहेको छ।
१५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८९ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा टेलिकमले ३ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा २१ करोड ७ लाख कम हो। गत आवको असोज मसान्तसम्ममा टेलिकमले ३ अर्ब ४५ करोड ७५ लाख नाफा कमाएको थियो।
समीक्षा अवधिमा टेलिकमको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६२ पैसा घटेर ८६ रुपैयाँ ५८ पैसा कायम भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६९६ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।