समता लघुवित्तको हकप्रद भर्ने आइतबार अन्तिम दिन

Nov 17, 2019 10:56 AM merolagani



समता लघुवित्त (SMATA) ले बिक्रीमा ल्याएको २०० प्रतिशत हकप्रद भर्ने मंसिर १ गते आइतबार अन्तिम दिन रहेको छ। लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न असोज २७ गतेदेखि बिक्रीमा ल्याएको १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर आइतबार कार्यालय समयपश्चात बिक्री बन्द गर्न लागेको हो। 

लघुवित्तले हकप्रद बिक्री प्रयोजनका लागि २०७६ भदौ ३१ गते मंगलबार बुक क्लोज गरेकोले भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरीद गर्न सक्नेछन् ।

शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन्।

लघुवित्तको हकप्रद शेयर निष्काशन प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।