ठूलो हुण्डी रकम सहित भारतीय नागरिक पक्राउ

Nov 18, 2019 10:25 AM Merolagani

ठूलो अवैध हुण्डी रकम कारोवार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। गरेको छ। प्रहरीले काठमाडौँको कुलेश्वरबाट आइतबार साँझ लाई भारत बेतिया घर भएका सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले सत्यनारायण प्रसादको कोठामा छापा मार्दा ३६ लाख नगद, साट्न राखेको ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ फेला परेको जानकारी दिए। प्रहरीले उक्त रकम बरामद गरेको छ।


प्रहरी नायब उपरीक्षक कुँवरका अनुसार पैसा र चेकसहित सत्यनारायण प्रसादलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।