विकास बैंकहरुको लाभांश घोषणामा यसकारण भइरहेछ ढिलाई

Nov 18, 2019 06:08 PM Merolagani

आर्थिक वर्ष सकिएको ४ महिना बितिसक्दा पनि अधिकांश विकास बैंकहरुले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा तथा साधारण सभाको मिति तय गरेका छैनन्।

नेप्सेमा सूचीकत अधिकांश वाणिज्य बैंक, लघुवित्त लगायतका कम्पनीहरुको लाभाशं घोषणामात्र नभई साधारण सभाबाट पारित पनि गरिसकेको अवस्थामा केही बाहेक अन्य विकास बैंकहरुले न त साधारण सभा गर्ने मिति तय गरेका छन् न त लाभांश घोषणा नै गरेका छन्।

विकास बैंकहरुको लाभांश तथा साधारण सभाको मिति घोषणामा भएको ढिलाइका कारण लगानीकर्ताहरुको आकर्षण कम देखिन्छ। ढिलो लाभांश घोषणा हुँदा विकास बैंकहरुको शेयरमूल्यमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

मंसिर २ गतेसम्ममा कामना सेवा विकास बैंक, सहयोगी विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन्। सोमध्ये महालक्ष्मी विकास बैंकले मात्र साधारण सभा सम्पन्न गरिसकेको छ।

गत आवको अन्तिम त्रैमासदेखि लागु भएको एनएफआरएस प्रणालीका कारण विकास बैंकहरुको लाभांश तथा साधारण सभा घोषणामा ढिलाई भइरहेको डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका सिईओ गोविन्द प्रसाद ढकाल बताउँछन्। विकास बैंकहरुका लागि नयाँ प्रणाली भएका कारण समय लागेको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को अन्तिम त्रैमासदेखि वाणिज्य बैंकहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्ने निर्देशन दिएको थियो। यससंगै आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासदेखि विकास बैंकहरुले पनि सोही प्रणाली अन्तर्गत नै वित्तीय विवरण प्रकाशित गर्नुपर्ने निर्देशन दिएको थियो। केन्द्रिय बैंकले १ वर्षको समय दिँदा पनि विकास बैंकहरुले यसमा ढिलाई गरिरहेका छन्।

‘यसमा विकास बैंकहरुकै कमजोरी छ। १ वर्षको अवधिमा हामीले उचित जनशक्ति प्रयोग गरी समयमा नै गर्न सकेनौँ,’ सिईओ ढकालले बताए। ‘अघिल्ला दुई आर्थिक वर्षको वित्तीय विवरण पनि सोही ढाँचामा निकाल्नु परेका कारण पनि ढिलाई भएको हो,’ उनले थपे।

अघिल्ला दुई आर्थिक वर्षहरुको परिष्कृत वित्तीय विवरण एनएफआरएस प्रणाली अनुरुप निकाल्ने कार्य तीव्र गतिमा भइरहेको उनले जानकारी दिए। मंसिर भित्रमा लगभग सबै विकास बैंकहरुले लाभांश घोषणा गरी साधारण सभाको मिति तोकिसक्ने उनको भनाई छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।