केही महिना भित्रै दोस्रो बजारमा ऋणपत्रको कारोबार हुने

Nov 18, 2019 06:04 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले छिट्टै ऋणपत्र (डिवेञ्चर) दोस्रो बजार मार्फतखरीद बिक्री हुने व्यवस्था मिलाईने बताएका छन् ।

बैंकिङ्ग, बीमा, पूँजी बजार प्रदर्शनीमा पूँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै साउदले दोस्रो बजारबाट डिवेञ्चर कारोबार हुने सम्बन्धमा सम्बन्धित निकायसँग छलफल भईरहेको बताए।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ। जस अनुसार बैंकहरुले धमाधम ऋणपत्र जारी गराइरहेका छन्। 

त्यसैगरी शेयर विषलेशक गोपाल भट्टले ऋणपत्र (डिवेञ्चर) पूँजी बजारको व्याक बोण्ड भएको बताए। भट्टले नेपालको पूँजी बजारमा ऋणपत्र, शेयर र डेरिभेटिभको पनि सहज कारोबार हुन पर्नेमा जोड दिए।

पूँजीबजारका लगानीकर्ताले एउटा बजारबाट घाटा व्यहोर्दा अर्को बजारबाट क्षति व्यवस्थापन गर्न सक्ने बताएका हुन्। भट्टले भने, अहिलेको शेयर बजारको उतारचढाव हेर्दा लगानीकर्ताहरु निराश छन् तर नवप्रवेशी लगानीकर्तालाई शेयरमा लगानी गर्ने यो उचित अवसर हो।

लगानीकर्ताले शेयर बजार प्रवेश गर्दा सिधै दोस्रो बजारमा नभई प्राथमिक बजारमा लगानी गरेर प्रवेश गर्नपर्ने बताए। साथै सम्बन्धित विषयमा जानकारहरुसँग सरसल्लाह गरेर लगानी गर्ने समय भएको उनको भनाई छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।