जनता बैंकले पारित गर्यो ग्लोबल आइएमई बैंकसँग गाभिने प्रस्ताव, पूँजी १९ अर्ब पुग्ने

Nov 18, 2019 05:57 PM Merolagani



जनता बैंक नेपाल लिमिटेड (JBNL) को मंसिर २ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ। बैंकले संयुक्त मर्जर समिति तथा दुबै बैंकको सञ्चालक समितिले पारित गरेअनुसार शेयर आदान-प्रदान अनुपात १ बराबर ०.८५ शेयरको अनुपातामा गाभिने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभाँश गरी १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपैयाँ बाराबरको लाभाँश पारित गरेको छ।

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको बैंकले जनाएको छ।

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैंक बन्नेछ।

मर्जरपश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।