आँधिखोलाको निष्क्रिय कर्जा बढ्दा नाफा प्रभावित

Nov 19, 2019 08:29 AM Merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २९ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६८ प्रतिशत अर्थात ११ लाख ७३ हजार बढी हो।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा दोब्बर खुद ब्याज आम्दानी गरेको लघुवित्तको निष्क्रिय कर्जा बढेपछि नाफा प्रभावित भएको छ।

चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ६० लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ८९ लाख ५८ हजार रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६७ प्रतिशतबाट बढेर २.७३ प्रतिशत पुगेको छ।

लघुवित्तले पहिलो त्रैमासमा ४६ लाख ३८ हजार रुपैयाँ सम्भावित जोखिमबापतको व्यवस्थाका लागि छुट्याएको छ। यस अवधिसम्ममा लघुवित्तले ४६ लाख ७३ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा २१ लाख १४ हजार बढी हो।

असोज मसान्तसम्ममा लघुवित्तले २४ करोड ५२ लाख निक्षेप र ४३ करोड ४ लाख सापटीबाट ६९ करोड ५७ लाख कर्जा लगानी गरेको छ।

गत असारमा आइपीओ निष्कासन गरेको लघुवित्तको चुक्ता पूँजी १० करोड रहेको छ भने जगेडा कोष २ करोड ३६ लाख रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.६१ गुणा रहेको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।