मन्त्रीपरिषदबाट बाहिरिने र भित्रने सम्भावित नयाँ अनुहार यस्ता छन्

Nov 20, 2019 02:07 PM Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारीका साथ बुधबार बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ।

स्रोतका अनुसार मन्त्रिपरिषदमा कम्तिमा ६ मन्त्री र २ राज्यमन्त्री हेरफेर हुनसक्ने बताइएको छ। यद्यपी कुन कुन मन्त्री बाहिरिँदैछन् भन्ने अन्तिम टुङ्गो भने लागिसकेको छैन।

स्रोतका अनुसार संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, आपूर्तिमन्त्री मातृका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर बिदाई गर्ने सूचीमा छन्। त्यसैगरी, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि बिदाई पाउनसक्ने स्रोतले बताएको छ।

शेयर बजारमा अनुदार भनिएका अर्थमन्त्री भने तत्काल नहट्ने बताइएको छ। उनको केही समय पछि पदावधि सकिन भएकाले सो समयसम्म उनले निरन्तरता पाउने भएका छन्। सो पश्चात भने उनी नदोहोरिनसक्ने सम्भावना रहेको छ।

नयाँ बन्ने मन्त्रीहरुमा सूचीमा सुरेन्द्र पाण्डे, धनश्याम भुसाल, जनार्दन शर्मा, प्रभु शाह, लेखराज भट्ट, अग्नि सापकोटा, महेश बस्नेत, खगराज अधिकारी, सोमप्रसाद पाण्डे, हृदयश त्रिपाठी, प्रेम आले, विशाल भट्टराई, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ्ग, उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फे प्राथमिकतामा रहेका छन्।

सचिवालय बैठकले यिनै नाम मध्येबाट क-कसलाई मन्त्री नियुक्त गर्छ भन्ने कुरा अहिले कै यकिन गर्न कठीन छ। बैठक समाप्त भएर नयाँ नामावली बाहिर आएपछि मात्र कसलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लाग्छ। स्रोतले भन्यो।

बुधबार मन्त्री फेरिने भएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कुनै औपचारिक कार्यक्रम नराख्न निर्देशन दिएका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।