दुबईका व्यवसायीलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलकाे आग्रह

Nov 20, 2019 05:39 PM Merolagani



उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन्। युएईको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षसंगकाे भेटमा नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

बुधबार दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले गरेकाे भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबीच कुनै विदेभ नगरिने व्यवस्था गरेको बताए । 

ठूला परियोजनामा लगानीसम्बन्धी सहजीकरण गर्न सरकारीस्तरमा प्रधानमन्त्रीको नेतृत्वमा लगानी बोर्डको व्यवस्था, करका दरमा सुधार, विशेष आर्थिक क्षेत्र र वस्तु तथा सेवा निर्यातमा कर छुटको व्यवस्था र विदेशी लगानीबाट प्राप्त नाफा र बिक्रीबाट प्राप्त रकम विदेशी मुद्रामा फिर्ता लैजाने सुविधा मिलाइएको भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे।

उनले कृषि, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने बताए। 

दुई ठूला मुलुकको बीचमा रहेकाले बजारको कुनै पनि समस्या नरहेको र मध्यपूर्वका मुलुकमासमेत नेपाली उत्पादन भएका सामग्रीको बजार राम्रो रहेको उनकाे भनाई थियो।

युएई नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक भएको अवगत गराउँदै उपप्रधानमन्त्री पोखरेलले कृषिजन्य उत्पादन, पस्मिना, गहनालगायत सामानको निर्यात वृद्धि गरी नेपालको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न आग्रह गरेकाे उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।