सिद्धार्थ बैंकद्वारा चेक डिपोजिट मेसिन सञ्चालन

Nov 21, 2019 10:54 AM Merolagani

सिद्धार्थ बैंक (SBL) ले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले यो सुविधा संचालनमा ल्याएको हो।

हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशः बिस्तार गर्ने बैंकले जनाएको छ।

चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सकिने र यस्ता आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकको दाबी छ ।

आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने बैंकले विश्वास लिएकोे छ।

बैंकले देशभर १७२ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।