महिला सहयात्रा लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेपछि नाफा घट्यो

Nov 21, 2019 01:24 PM Merolagani

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था (MSMBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको नाफा गत वर्षको यसै अवधिको तुलनामा ४ लाख ४७ हजार रुपैयाँ अर्थात् ८.७४ प्रतिशतले घटेको हो। 

गत आवमा लघुवित्तले ५१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेपछि नाफा घट्न दबाब पुगेको हो। 

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २.४१ रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको यसै अवधिमा ३.५० प्रतिशत पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ८५ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ। यो गत आवको यसै अवधिको तुलनामा २७ लाख १० हजार बढी हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कर्मचारी खर्च पनि ५३ प्रतिशत बढेको छ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा ५१.०९ प्रतिशतले सुधार गर्दै ४ करोड ८८ लाख रुपेयाँ सञ्चित गरेको छ।

यस अवधिमा लघुवित्तले ४७ करोड ८९ लाख निक्षेप संकलन र ८४ करोड ३५ लाख सापटीबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

लघुवित्तले निक्षेप संकलन १६५.३९ प्रतिशत र कर्जा परिचालन ३६.८७ प्रतिशतले बढाएको छ।

यस अवधिमा लघुवित्तले २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ४३.५७ प्रतिशत बढी हो। गत आवमा लघुवित्तले एक करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५ लाख २२ हजार घटेर ५१ लाख ११ हजारमा सीमित भएको छ।

वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४३ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.९६ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।