बाह्र स्थानीय तहमा अझै पुग्न सकेन बैंक

Nov 21, 2019 04:06 PM Merolagani

चालु आर्थिक वर्षको तीन महिनामा ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैंकको पहुँच विस्तार भएको छ । त्यस अनुसार अब १२ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी छ ।

राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ को सबै स्थानीय तहमा शाखा विस्तार भएको छ । यस्तै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा १/१ शाखा विस्तार गर्न बाँकी छ ।

यस्तै प्रदेश २ र प्रदेशको ३ को २/२ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन ।यसैगरी सुदूरपश्चिम प्रदेशको ६ स्थानीय तहमा अझै बैकिङ्ग पहुँच विस्तार हुन सकेको छैन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या अशोज सम्ममा १६५ पुगेको छ । त्यस अनुसार २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ असोज मसान्तमा ९११० पुगेको हो ।

यस्तै वाणिज्य बैंकको ३ हजार ८८४, विकास बैंकको १ हजार २५८, वित्त कम्पनीको २१५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ७५३ गरी ९ हजार ११० वटा शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा कुल १७८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् । त्यस मध्ये १३५ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४३ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।