बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णय यस्ता छन्

Nov 21, 2019 06:33 PM Merolagani



मन्त्रिपरिषद् बैठकका २२ निर्णय बिहीबार सार्वजनिक भएका छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गररेका हुन् । 

सरकारले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्व बैंक अन्तराष्ट्रिय वित्त निगमलाई अर्थमन्त्रालयले तोकिएको शर्तमा २० मिलियन अमेरिकी डलर अर्थात करिब २ अर्ब रुपेयाँ बराबरको नेपाली रुपैययाँमा ऋणपत्र जारी अनुमति दिएको मन्त्री  बाँस्कोटाले जानकारी दिए।

यस्तै मन्त्री परिषदको बैठकले सहुलियत पूर्ण कर्जा अनुदानको लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७६ पनि स्वीकृत गरेको छ। 

सरकारले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि गरेको छ

त्यसैगरी नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।