नागरिक लगानी कोषको नाफा साढे १४ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी भने घट्यो

Nov 22, 2019 12:33 PM Merolagani

नागरिक लगानीकोष (CIT) को वार्षिक प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ। कोषले गत आवको यसै अवधिको तुलनामा खुद नाफा साढे १४ प्रतिशत बढाउँदा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा इपिएसमा संकुचन आएको हो।

आर्थिक वर्ष २०७४/७५ बाट २२ प्रतिशत बोनस वितरण गरि पूँजीवृद्धि गरेको कोषको पूँजी वृद्धिको तुलनामा मुनाफा वृद्धिको प्रतिशत न्यून हुँदा इपिएसमा दबाब परेको हो। समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानीमा भने ३ रुपैयाँले गिरावट भएको छ। 

वित्तीय विवरण अनुसार कोषको प्रतिशेयर आन्दानी ४४ रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा १४.५६ प्रतिशतले बढोत्तरी गर्दै कोषले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कोषले १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिमा कोषको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ थियो। 

कोषको चुक्ता पूँजी एक अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कोर्षको चुक्ता पूँजी १९ करोड ९२ लाख रुपैयाँले बढेको छ। गत आवको यसै अवधिमा कोषको चुक्ता पूँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको थियो।

कोषको जगेडा कोष २ अर्ब ५३ करोड ४५ लाखबाट बढेर ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ सञ्चित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ २०८ बाट बढेर २१२ रुपैयाँ पुगेको छ। उसले आफ्नो फण्डको ९७ प्रतिशत लगानी गरेर  ९.३७ प्रतिशत लगानीबाट प्रतिफल प्राप्त गरेको छ। 

कोषको खुद कोष मौज्दातमा एक खर्ब २८ अर्ब १४ करोड ९३ लाख रुपैयाँ छ। 

  • सूचीकृत शेयरमा लगानी दोब्बर, लगानी शिर्षकमा एक खर्ब माथि 

सार्वजनिक भएको वित्तीय विवरण अनुसार एक खर्ब ४६ अर्ब ९३ करोडको चालु सम्पत्ति तथा दायित्व रहेको कोषले विभिन्न सूचीकृत संगठीत संस्थाको शेयरमा ९ अर्ब ८ करोड १० लाख  लगानी गरेको छ भने लगानी शिर्षकमा एक खर्ब ३० अर्ब ९९ करोड ९ लाख रुपैयाँ लगानी गरेको देखिन्छ।

समीक्षा अवधिमा कोषको शेयर लगानी ९१.१३ प्रतिशत र लगानी शिर्षकमा १८.१२ प्रतिशतले लगानी बढेको हो।  गत आवको यसै अवधिमा कोषले ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको लगानी सूचीकृत शेयरमा र एक खर्ब १० अर्ब ८९ करोड लगानी शिर्षकमा गरेको थियो।

शेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा भित्र्याउने चर्चा चुलिएपछि कोषको संगठीत कम्पनीको सूचीकृत शेयरको लगानी करिब दोब्बरले बढेको हो। तर यो लगानी रकम खुद कोष मौज्दातको करिब ७ प्रतिशत मात्र हो। नागरिक लगानी कोषलाई शेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा भित्र्याउने हो भने उसले गरेको यो लगानी अत्यन्त न्यून रहेको जानकारहरु बताउँछन्।

यस्तै कोषले आवास कर्जामा २५ अर्ब ९८ करोड २९ लाख, मुद्धती निक्षेपमा ७८ अर्ब ६९ करोड २८ लाख, समयकालिन कर्जामा १६ अर्ब ६३ करोड २२ लाख,  नेपाल सरकारको ऋणपत्रमा ६० करोड र पूँजीगत लगानीमा २४ करोड रुपैयाँ लगानी गरेको छ। कोषको चालु सम्पत्ति १३ अर्ब ९४ करोड ५४ लाख, ८३ करोड १० लाख बराबरको खुद स्थिर सम्पत्ति र बैंक मौज्दातमा ९२ करोड ९८ लाख  रुपैयाँ सञ्चित राखेको छ।

यस अवधिमा कोषले २२ करोड ४३ लाख आम्दानी गरेर ६ करोड २९ लाख कूल खर्च गर्दा करअघि १६ करोड १४ लाख आम्दानी भएकोमा कर पश्चात १२ करोड ११ लाख खुद मुनाफा कमाएको हो।

यस अवधिमा कोषले ब्याज आम्दानीबाट मात्रै दुई करोड ५० लाख रुपैयाँ गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ३५ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको प्रथम त्रैमासमा कोषले एक करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कोषले ४० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा रहेको बचत मार्फत लाभांश आम्दानी गरेको छ। यसैगरी यस अवधिमा अवधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १९ करोड ५० लाख रुपैयाँ छ। यो गत आवको यसै अवधिको तुलनामा दुई करोड रुपैयाँले वृद्धि भएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।