लक्ष्मी बैंकका पुर्व सीईओ बने सिटिजन्स बैंकका सञ्चालक

Nov 22, 2019 05:47 PM Merolagani

सिटिजन्स बैंक (CZBIL) को सञ्चालकमा लक्ष्मी बैंकका पुर्व सीइओ सुदेश खालिङ नियुक्त भएका छन्। बैंकको आज शुक्रबार बसेको ३२० औं सञ्चालक समितिको बैठकले खालिङलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

 सञ्चालक अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र सञ्चालको पदमा बैंकिङ्ग क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका खालिङलाई नियुक्त गरिएकको हो।

शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन्। 

वाणिज्य बैंकमा सहायकबाट बैंकिङ्ग पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै पछिल्लो समय लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका थिए।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।