दुई नम्बरी काण्डका नायक, गोबिन्द घिमिरे: फर्जी शेयर कारोबारदेखि किर्ते बैंक हस्ताक्षर ठगीसम्म

Nov 27, 2019 06:14 PM Merolagani

- तीर्थराज पौड्याल।
चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीकोे नक्कली शेयर कारोबार गरेर तीन ब्रोकर र बैंकहरुको करोड माथि डुबाएर फरार रहेका सिन्धुपाल्चोक ज्यामिरे वडा नम्बर ९ स्थायी निवासी गोबिन्द घिमिरे दुई वर्षपछि बुधबार प्रहरीको फन्दामा परेका छन्।

 

प्रहरीले मंसिर ११ गते बुधबार बैंकमा खाता खोलेर अरूको सिग्नेचर नक्कल गरी लाखौं रूपैंयाँ निकाल्ने क्रममा संलग्न भएपछि नक्कली शेयर कारोबारको मुख्य नाइके गोबिन्द घिमिरे सहित काभ्रे पाँचखाल वडा नम्बर ३ का सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, वाग्लुङ्ग गल्कोट नगरपालिकाका वडा नम्बर ३ का सुमन पौडेलको गिरोहलाई  १९ लाख ९ हजार नगद सहित प्रहरी पक्राउ गरेको हो।

गोविन्द घिमिरे तिनै दुई नम्बरी वाला व्यक्ति हुन् जसले नक्कली शेयर प्रमाणत्रको आधारमा कारोबार गरि ब्रोकर र बैंकलाई करोड बढी रकम डुबाएर फरार रहेका थिए। उनले ब्रोकरहरुलाई विश्वासमा लिएर बैंक मार्फत शेयर ऋण लिन ब्ल्याङक ट्रान्सफर (बिटी) गर्दै कारोबार गरिरहेका थिए।

सो समयमा उनको शेयर फोर्टफोलियो तत्कालीन समयमा नै करिब करोड बराबरको रहेको र सो रकम डुबाएर उनी भाग्न सफल भएको ब्रोकरहरु बताउँछन्। विश्वास जितेका कारणले पनि घिमिरेद्धारा खटिएका व्यक्तिले ल्याएका शेयर प्रमाणपत्रका आधारमा ब्रोकरहरुले सहज रुपमा कारोबार गरिदिने गरेका थिए। 

वि.सं २०७१ साल फागुनदेखि तीन वर्षको बीचमा घिमिरेले अग्रवाल सेक्युरिटिजबाट १३ हजार ५०० कित्ता चिलिमे हाइड्रोपावर र श्रीहरि सेक्युरिटिजबाट नेशनल हाइड्रोपावरको नक्कली शेयर बनाएर कारोबार गरेका थिए।

उनले ब्रोकर कम्पनीबाट फर्जी कारोबार मात्र गरेनन्, ब्रोकरहरुलाई विश्वासमा लिएर ब्रोकरको सिफारिसमा चिलिमे हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको नक्कली शेयर प्रमाणपत्र (कागजी) धितो राखेर तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंक (जनता बैंकले एक्वीजिशन गरेको) बाट ६४ लाख २० हजार रुपैयाँ र  युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ मार्जिन ऋण लिएर कारोबार गरेका थिए। उनले सो ऋण नतिरेपछि पटक पटक ताकेता गरि बैंकले ब्रोकरबाटै सो ऋण असुली गरेको थियो।

ब्रोकर मार्फत घिमिरेको नाममा मार्जिन ऋणका लागि बारम्बार माग आवेदन पर्न थालेपछि घिमिरेको नागरिकतामा केरमेट रहेको तथा शेयर प्रमाणपत्रको कागजातमाथि नै बैंकलाई शंका लागेपछि बैंकले भेरिफिकेशन थालेको थियो। त्यसपछि मात्र उनको दुई नम्बरी धन्दा पर्दाफास भएको थियो। उनको शेयर प्रमाणपत्र नक्कली प्रमाणित हुँदासम्म उनी फरार भैसकेका थिए।

सो समयमा कागजी शेयर प्रमाणपत्रको कारोबार हुने हुनाले बैंकहरुबाट मार्जिन ऋण लिनका लागि ब्रोकरले सिफारिस गरिदिनुपर्ने अवस्था थियो। ब्रोकर कम्पनी वा बैंकहरुले शेयर प्रमाणपत्रको रुजु (भेरिफाइ) गर्ने गर्दैनथे। त्यही कमजोरीको फाइदा उठाउँदै घिमिरे सो कार्य गर्न सफल भएका थिए।

पछि प्रहरीको अनुसन्धानले पनि सिन्धुपाल्चोक स्थायी घर भएका गोबिन्द घिमिरेले विभिन्न व्यक्तिरु सोना दाहाल, छत्र थापा, शिव तिमिल्सिना लगायतको प्रयोग गरि फर्जी शेयर कारोबार गरेको प्रमाणित गरेको थियो। घिमिरे र उनको समूहले जी एण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा नक्कली शेयर कारोबार गरेका थिए। 

सो पछि धितोपत्र बोर्डले फर्जि कारोबारमा संलग्न भएको अभियोगमा अग्रवाल सेक्युरिटि र श्रीहरि सेक्युरिटिजलाई १०/१० लाख रुपैयाँ जरिवाना गरेको थियो। यस्तै ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको भन्दै बोर्डले धितोपत्र दलाल कम्पनी श्रीहरि र अग्रवाललाई थप ५० हजार जरिवाना समेत गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।