सही चाेरेर नक्कली खाता खाेल्दै बैंकबाट पैसा चाेर्ने ६ जना पक्राउ

Nov 27, 2019 12:28 PM Merolagani



राजधानीका विभिन्न बैंकबाट १९ लाख रूपैयाँभन्दा बढी चोरी भएको छ । बैंकमा खाता खोलेर अरूको सिग्नेचर नक्कल गरी लाखौं रूपैंयाँ निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रूपैयाँ चोरी भएको पुष्टि भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा काभ्रे पाँचखाल वडा नम्बर ३ का सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, वाग्लुङ्ग गल्कोट नपा वडा नम्बर ३ का सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे वडा नम्बर ९ स्थायी निवासी गोविन्द घिमिरे छन्।

उनीहरूबाट भिजा कार्ड, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरू बरामद गरिएको छ।

साथै उनीहरूले करीब ३०० जनाको नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिहरूको नाममा बनाइएका नक्कली चेकहरू, नक्कली खाता खोल्न तयारी पारिएका फारम, बिभिन्न व्यक्तिहरूका बैंक स्टेटमेण्ट, बैंकमा रकम उल्लेख गरिएको रजिष्ट्रार समेत बरावद गरेका छन् ।

त्यो समूहले एनआइसी एसिया, एभरेष्ट,माछापुछ्रे, जनता, ज्योति बिकास र मुक्तिनाथ बैंकमा नक्कली खाता खोलेर रकम चोर्ने प्रयत्न गरेको भेटिएको छ ।

सो समूहले बैंकका कर्मचारीहरूलाई पनि हातमा लिएर चोरी गरेको हुनसक्ने आधार देखिएको भन्दै प्रहरी त्यसतर्फपनि अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरी समातिएका सबैलाई बैकिंग कसूर सम्वन्धि मुद्दा लगाउने भएको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।