नेप्से स्थीर, साढे २० करोडको कारोबार

Dec 01, 2019 03:39 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से करिब स्थीर देखिएको छ। यस दिन नेप्से ०.०७ अंक बढेर एक हजार ११२.८५ विन्दुमा पुगेको छ। नेप्से यस दिन झिनो अंकले बढ्दा कारोबार रकम भने साढे २० करोडमा सीमित भएको छ।

आइतबार १६१ कम्पनीको ३ हजार ७३४ पटकको कारोबारमा २० करोड ६३ लाख रुपैयाँ बराबरको ६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

लामो समयदेखि बजारले गति नलिँदा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को रणनीति अपनाउन बाध्य भएका छन्। केही विश्लेषकहरुले अहिले शेयरबजारमा प्रवेश गर्ने अनुकुल समय भएको विश्लेषण गरिरहेपनि लगानीकर्ताहरु भने बजार प्रवेश गर्ने मनस्थितिमा छैनन्।

राष्ट्र बैंकको पूँजीवृद्धि नीतिका कारण शेयर आपूर्ति बढेको बजारमा माग सिजर्ना नभएसम्म घट्न दबाब पुग्ने एक लगानीकर्ताले बताए। यसका साथै, लगानीकर्ताहरुको मागलाई शिघ्र सम्बोधन गर्नुपर्ने र बजार विस्तारका कार्यक्रमहरु अघि बढाउनु पर्ने उनको भनाइ छ।

अधिकांश सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले लगानीको रणनीति बनाइ बजारमा लगानी गर्नुपर्ने एक विश्लेषकले बताए।

  • घोडीघोडा लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट

केही समयअघि निरन्तर सकारात्मक सर्किट लागिरहेको घोडीघोडा लघुवित्तको शेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेको छ। लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा नोक्सानी व्यहोरेको वित्तीय विवरण प्रकाशित गरेपछि त्यसको प्रभाव शेयरमूल्यमा परेको हो। लघुवित्तको शेयरमूल्य यस दिन ६४ रुपैयाँ घटेर ५८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफा घटेको वित्तीय विवरण प्रकाशित भएपछि स्वाभिमानको शेयरमूल्य यस दिन ५.२८ प्रतिशत घटेको छ। साल्ट ट्रेडिङ्ग, पाँचथर पावर र स्वदेशी लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य यस ३ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ। जनउत्थानको शेयरमूल्य यस दिन ३.३९ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स र कालिका पावरको शेयरमूल्य वृद्धिदर साढे २ प्रतिशतभन्दा बढी रहेको छ।

यस दिन ४ कम्पनीको मात्र १ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। नबिल बैंक, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको यस दिन १ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६१ प्रतिशत बढेको छ। त्यसैगरी, अन्यको ०.६५, वित्तको ०.५३, होटलको ०.२५, जलविद्युतको ०.२२ र उत्पादनको ०.१३ प्रतिशत बढेको छ।
व्यापार उपसमूहको परिसूचक यस दिन २.८७, म्युचुअल फन्डको ०.९, विकास बैंकको ०.५८, निर्जीवन बीमाको ०.४९, लघुवित्तको ०.४६ र बैंकिङ्गको ०.३२ प्रतिशत घटेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।