उत्तर कोरियाद्धारा जापानलाई ब्यालेस्टिक मिसाइल देखाउने धम्की

Dec 01, 2019 05:22 PM Agency



उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई मूर्ख र राजनीतिक रुपमा कच्चा भएको बताएका छन् । जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणका बारेमा गलत जानकारी दिएको भन्दै उत्तर कोरियाले जापानलाई मिसाइल देखाउने धम्की समेत दिएको छ । 

जापानका प्रधानमन्बी शिन्जोले उत्तर कोरियाले पटक– पटक ब्यालेस्टिक मिसाइल लन्च गर्नु दुनियाँका लागि खतरा भएको बताएका थिए । तर उत्तर कोरियाले त्यसको जवाफमा आफूले सुपर लार्ज मल्टीपल रकेट लन्चरको परीक्षण गरिरहेको बताएको छ ।

जापानले निकट भविष्यमा असली ब्यालेस्टिक मिसाइल देख्न सक्ने उत्तर कोरियाको सरकारी मिडियालाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाउका छन् ।

उत्तर कोरियाले हाल ब्यालेस्टिक मिसाइलमाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सामना गरिरहेको छ । एजेन्सी 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।