दुई लघुवित्तको मूल्य समायोजन

Dec 02, 2019 08:48 AM Merolagani

मंसिर १६ गते सोमबार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र छिमेक लघुवित्त विकास बैंक गरि दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा दुबै लघुवित्तको गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

दुबै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले नेशनल माइक्रोफाइनान्स (NMFBS) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता एक हजार २८ रुपैयाँ ५७ पैसा कायम गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरि कूल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको हो। हाल १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ बराबरको बोनस पूँजीकरणपश्चात लघुवित्तको २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

त्यसैगरी, छिमेक लघुवित्त (CBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७७३ रुपैयाँ २९ पैसा कायम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

मंसिर ३० गते आयोजना हुने लघुवित्तको वार्षिक साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि मंसिर १६ गतेदेखि ३० गतेसम्म बुकक्लोज गरेको हो। हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

सोमबार दुबै लघुवित्तको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ। दुबै लघुवित्तको लाभांश मंसिर १५ गते आइतबारसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।