सुन र चाँदीको मूल्य घट्यो

Dec 02, 2019 11:06 AM merolagani



सुन र चाँदीको मूल्य मंसिर १६ गते सोमबार घटेको छ। पछिल्लो दुई दिन लगातार घटेको सुनको भाउ सोमबार फेरी बढेको छ। 

यसदिन छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाब सुन ७१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सुन गत भदौ १८ गते हालसम्मकै उच्च मूल्य १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारको भाउअनुसार तय हुने गरेको छ। अन्तराष्ट्रिय बजारमा भाउ घट्दा नेपालमा पनि  घट्छ भने बढ्दा नेपालमा पनि बढ्ने गरेको पाइएको छ। 

 

सोमबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन आइतबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।