बैंकर्स संघको आगामी अध्यक्षमा भुवन दाहालको सम्भावना उच्च

Dec 02, 2019 11:11 AM Merolagani



वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन कुमार दाहाल चयन हुने सम्भावना बढेको छ।

दुई कार्यकाल संघका कार्य समिति सदस्य रहेका दाहाललाई संघका पूर्वअध्यक्षहरुले अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी अगाडि बढ्ने भएका हुन्। विद्यमान अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले दोस्रो कार्यकालका लागि अगाडि नबढ्ने संकेत गरेपछि दाहाल नै अबको अध्यक्ष बन्ने पक्कापक्की जस्तै बनेको हो।

हालका उपाध्यक्ष अनुकुल भटनागर भारतीय नागरिक रहेकाले उनलाई नेतृत्व लैजान बैंकर्स संघमा सहमति नहुने भएपछि उनलाई उपाध्यक्षमा नै राखेर दाहाललाई अगाडि बढ्न पूर्व संघका अध्यक्षहरुले उत्प्रेरित गरेका हुन्। अग्रज बैंकरहरुबाटै प्रस्ताव आएपश्चात दाहाल पनि अध्यक्ष बन्न सकारात्मक छन्।

उता नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत भटनागर स्टेट बैंक अफ इण्डियाको प्रतिनिधि रहेका कारण उनलाई अध्यक्ष चयन गर्न कठीनाई हुने अवस्था देखिएको हो। उनी उपाध्यक्षमा नै बस्न तयार भएका छन्।

नेतृत्व चयनका लागि मंसिर १९ गते हुने संघको साधारण सभाका लागि मंगलबारसम्म उम्मेद्वारी दर्ता गराउने समय रहेको छ। निर्वाचन समितिले मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारण सभाले नेतृत्व चयन गर्ने कार्यक्रम निर्धारण गरेको छ।

बैंकरहरुमाथि राम्रो छबी बनाएका दाहाल विषयवस्तुमाथि गहन अध्ययन गर्ने र मिजासिलो बैंकरको रुपमा चिनिन्छन्। अर्थ मन्त्रालय, राष्ट्र बैंक, संसदीय समिति, बैंकिङ्ग क्षेत्र सबै क्षेत्रलाई समेटेर अघि बढाउन सक्ने क्षमता राख्ने भएकाले पनि दाहाललाई नेतृत्व दिन सबैको सहमति जुटेको हो।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।