सीडीएससी पहिलो पटक महिला नेतृत्वमा

Dec 02, 2019 01:17 PM Merolagani



सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको नेतृत्वमा पहिलो पटक एक महिलालाई जिम्मेवारी दिइएको छ। कम्पनीकी उच्च तहकी कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।

सापकोटालाई मंसिर १६ गते सोमबारदेखि लागू हुनेगरी सो पदको जिम्मेवारी दिइएको हो। कम्पनीले सोमबार प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्तालाई बिदाइ गरेर सापकोटालाई सो जिम्मेवारी दिइएको सीडीएस एण्ड क्लियरिङ्गका सूचना अधिकृत सुरेश न्यौपानेले बताए।

सापकोटा कम्पनीकी उच्च तहकी कर्मचारी हुन्। उनले नेटवर्क सेक्सनकी प्रमुखको कार्यभार सम्हाल्दै आएकी थिइन्। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम सीईओको जिम्मेवारी दिइएको न्यौपानेले जानकारी दिए। अब खुला प्रतिस्पर्धाबाट नयाँ सीईओ नियुक्ति गर्नको लागि दरखास्त आह्वान गरिने उनको भनाई छ।

सीईओ गुप्ताको कार्यकाल गत कात्तिक १० गते नै सकिएपनि कम्पनीको सञ्चालक समितिले उनलाई हालसम्म नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो।

नेप्सेको पूर्ण स्वामित्वमा सन् २०१० मा संस्थापना भई २०११ मार्च ३१ तारेखबाट विधिवत सञ्चालनमा आएको सिडिएससीमा हालसम्म पुरुष मात्र प्रमुख रहँदै आएका थिए।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।