Tue, Oct 06, 2026
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले मुकेश कुमार गुप्तालाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गरेको छ।
नवनियुक्त सञ्चालक गुप्तासँग बीमा क्षेत्रमा ३५ वर्षको अनुभव रहेको छ । विगत ३५ वर्षदेखि भारतीय जीवन बीमा निगममा कार्यरत गुप्ताले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए। कम्पनीको मंसिर १३ गतेको बैठकले प्रमोटर एलआईसी अफ इण्डियाबाट प्रतिनिधित्व हुने गरी गुप्तालाई नियुक्त गरेको हो। सोही बैठकले यसअघि प्रतिनिधित्व गर्दै आएका वी. वेणु गोपालको राजीनामा समेत स्वीकृत गरेको छ। गुप्तालाई रिक्त स्थान तथा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।
नवनियुक्त सञ्चालक गुप्तासँग बीमा क्षेत्रमा ३५ वर्षको अनुभव रहेको छ । विगत ३५ वर्षदेखि भारतीय जीवन बीमा निगममा कार्यरत गुप्ताले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए।
कम्पनीको मंसिर १३ गतेको बैठकले प्रमोटर एलआईसी अफ इण्डियाबाट प्रतिनिधित्व हुने गरी गुप्तालाई नियुक्त गरेको हो। सोही बैठकले यसअघि प्रतिनिधित्व गर्दै आएका वी. वेणु गोपालको राजीनामा समेत स्वीकृत गरेको छ।
गुप्तालाई रिक्त स्थान तथा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।