Tue, Jan 06, 2026
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले मुकेश कुमार गुप्तालाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गरेको छ।
नवनियुक्त सञ्चालक गुप्तासँग बीमा क्षेत्रमा ३५ वर्षको अनुभव रहेको छ । विगत ३५ वर्षदेखि भारतीय जीवन बीमा निगममा कार्यरत गुप्ताले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए। कम्पनीको मंसिर १३ गतेको बैठकले प्रमोटर एलआईसी अफ इण्डियाबाट प्रतिनिधित्व हुने गरी गुप्तालाई नियुक्त गरेको हो। सोही बैठकले यसअघि प्रतिनिधित्व गर्दै आएका वी. वेणु गोपालको राजीनामा समेत स्वीकृत गरेको छ। गुप्तालाई रिक्त स्थान तथा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।
नवनियुक्त सञ्चालक गुप्तासँग बीमा क्षेत्रमा ३५ वर्षको अनुभव रहेको छ । विगत ३५ वर्षदेखि भारतीय जीवन बीमा निगममा कार्यरत गुप्ताले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए।
कम्पनीको मंसिर १३ गतेको बैठकले प्रमोटर एलआईसी अफ इण्डियाबाट प्रतिनिधित्व हुने गरी गुप्तालाई नियुक्त गरेको हो। सोही बैठकले यसअघि प्रतिनिधित्व गर्दै आएका वी. वेणु गोपालको राजीनामा समेत स्वीकृत गरेको छ।
गुप्तालाई रिक्त स्थान तथा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।