इन्स्योरेन्सको प्रिमियम डिजिटल च्यानलमार्फत तिर्न सकिने

Dec 02, 2019 05:33 PM merolagani



एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सले डिजिटल च्यानलमार्फत इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने बिषयमा सम्झौता गरेका छन्।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् १९ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।