सिद्धार्थ बैंकको चितवनमा दुईवटा नयाँ शाखा

Dec 02, 2019 05:43 PM Merolagani



सिद्धार्थ बैंक (SBL) ले चितवनको मंगलपुर र पदमपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर १६ गतेदेखि ती दुई शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। 

 

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको उक्त शाखासहित बैंकको कुल शाखा सञ्जाल संख्या १७५ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ भने १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।