स्वावलम्बनले तोक्यो साधारण सभाको मिति, लाभांश पारित गर्दै

Dec 03, 2019 03:14 PM Merolagani

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले १८ औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले पुस २० गते एलिस रिसेप्सन, गैह्रीधारामा साधारण सभा आयोजना गर्ने भएको छ।

सभाले लघुवित्तको सञ्चालक समितिले घोषणा गरेको कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र कर सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

हाल स्वावलम्बन लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख रहेको छ। २६ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७९ करोड २३ लाख पुग्नेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार मंसिर ३० गते सोमबारसम्म कायम रहने शेयरधनीले मात्र लघुवित्तको लाभांश पाउनेछन्।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ ३१६ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ११.७९ गुणा कायम भएको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।