कमोडिटी मार्केटको अनुमति धितोपत्र बोर्डमै अड्कियो, आवेदक ६ कम्पनी निर्णय पर्खँर्दै

Dec 05, 2019 05:00 PM Merolagani

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा पूँजीबजारको अर्को पाटो तथा नयाँ वित्तीय उपकरण कमोडिटी मार्केट सञ्चालन अनुमतिपत्र वितरण गर्ने प्रकृया बीचमै अड्किएको छ। अध्यक्ष पद खाली हुँदा वस्तु विनिमय बजार अन्तर्गत सञ्चालन हुने कमोडिटी मार्केट सञ्चालन अनुमति प्रक्रिया मात्र नभई अन्य धेरै नीतिगत निर्णय गर्नुपर्ने कार्यहरु रोकिएका छन्।

नेपाल धितोपत्र बोर्डले गत बैशाख ११ गते २ वटा कम्पनीलाई कमोडिटी मार्केट सञ्चालन गर्ने अनुमतिपत्रका लागि आवेदन माग गरेको थियो। बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अनुसार २ महिनाभित्र आवेदन दिन आह्वान गरेको थियो।

सो अवधिसम्ममा ६ वटा कम्पनीहरुले कमोडिटी मार्केट सञ्चालन गर्न अनुमति माग्दै आवेदन दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए। कमोडिटी फ्युचर्स एक्सचेञ्ज, राइजल कमोडिटी एक्सचेञ्ज, नेशनल कमोडिटीज एण्ड डेरिभेटिभ, नेपाल डेरिभेटिभ एक्सचेञ्ज, मल्टी कमोडिटी एन्ड डेरिभेटिभ र मर्कन्टायल एक्सचेञ्ज गरी कूल ६ वटाले आवेदन दिएकाे गिरीको भनाई छ। धेरै कम्पनीहरुले आवेदन दिएपनि उत्कृष्टताको आधारमा दुई कम्पनी छनौट गरी अनुमति पत्र दिइने उनले बताए।

‘सबै कम्पनीहरुले पेश गरेको आवेदन र कागजपत्रहरु मूल्याङ्कन भइरहेको थियो, तर अध्यक्षको कार्यकाल सकिएका कारण अहिले सबै कार्यहरु रोकिएका छन्,’ गिरीले भने।बोर्डको नेतृत्व चयन भएर नयाँ अध्यक्ष नआएसम्म सो कार्यले गति नलिने उनले बताए।

यस अघि विभिन्न ५ वटा कम्पनीहरुले कमोडिटी मार्केट सञ्चालन गर्न दिएको आवेदन रद्द भएकाे थियो।  वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अनुसार न्यूनतम चुक्ता पूँजी ५० करोड ७ जना सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ।

कम्पनीले अनुमति प्राप्त गरेको ६ महिनाभित्र पूर्वाधार राखि सञ्चालनमा ल्याउनुपर्नेछ। वेयर हाउस सञ्चालनको लागि आवश्यक पूर्वाधार तोके बमोजिम हुनुपर्नेछ।

हाल पूर्व अध्यक्ष रेवतबहादुर कार्कीको कार्यकाल सकिएको ५० दिन बितिसकेको छ । बोर्डले मंसिर ६ गते आवश्यक योग्यता तोकी १५ दिनको समयावधि राखेर अध्यक्ष पदको लागि दरखास्त आह्वान गरेको छ। जसको म्याद मंसिर २१ गते सकिँदैछ।  त्यसमाथि नेतृत्व सम्हाल्न आउने ब्यक्तिले यस विषयवस्तुलाई कति प्राथमिकतामा राख्छ त्यसले पनि कमोडिटी मार्केट सञ्चालन अनुमति कहिले हुन्छ भन्ने निर्धारण हुनेछ।

बोर्ड अध्यक्षको नेतृत्व  आवश्यक प्रकृया पूरा गरि नयाँ चयनका लागि लाग्ने समय र नयाँ अध्यक्षले फेरि विषयवस्तु माथि अध्ययन गरि अनुमति दिनसम्म लाग्ने समय कहिले सकिन्छ भन्ने निश्चित छैन।

पूँजी बजारको सर्वोच्च निकाय धितोपत्र बोर्डको नेतृत्व चयनमा ढिलाई हुँदा धितोपत्र बजारले गति लिन सकेको छैन। पूँजी बजारका विकास र विस्तारको धेरै कार्यहरु थाँती छन् भने बोर्डले वार्षिक नीति तथा कार्यक्रममा समेटेको तथा विकास र विस्तारका लागि अगाडि बढाएको कार्यहरु समेत प्रभावकारी ढङ्गबाट अगाडि बढ्न सकेको छैन। सरोकारवालाहरुले छिटोभन्दा छिटो पूँजी बजारलाई बुझेको सक्षम व्यक्ति अध्यक्ष पदका लागि नियुक्त गर्न माग गर्दै आएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।