एनआइसी एशिया र माछापुच्छ्रे बैंकको झण्डै  ५० लाख कित्ता ऋणपत्र सूचीकृत

Dec 04, 2019 05:17 PM Merolagani

एनआइसी एशिया बैंक र माछापुछ्रे बैंकको ४९ लाख ४३ हजार ६९८ कित्ता ऋणपत्र मंसिर १८ गते बुधबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

यस दिन माछापुछ्रे बैंक (MBL) को ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। माछापुच्छ्रे बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख इकाई अर्थात ऋणपत्र बिक्री गरेको थियो।

बैंकको ७ वर्षे अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ। २०७६ साउन ६ गतेदेखि भदौ ३ गतेसम्म जारी  गरिएको उक्त ऋणपत्र भदौ १३ गते बाँडफाँड भएको  थियो।

त्यसैगरी एनआइसी एशिया बैंक (NICA) को १९ लाख ४३ हजार ६९८ कित्ता ऋणपत्र सूचीकृत भएको छ।  २०७६ साउन ६ गतेदेखि भदौ ३ गतेसम्म जारी  गरिएको उक्त ऋणपत्र भदौ १० गते बाँडफाँड भएको  थियो।

बैंकले एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र बिक्री गरको थियो। बैंकले कूल ४४ लाख कित्ता ऋणपत्र जारी गरेपनि २४ लाख ५६ हजार ३०२ कित्ता अवितरित भएपछि बिक्री भएको ऋणपत्र मात्र सूचीकृत गराएको हो।

सात वर्षको अवधिमा परिपक्व हुने “एनआईसी एशिया ऋणपत्र २०८३/०८४” ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर पाइने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ।

ऋणपत्र नेप्सेमा सूचीकृत भएर पनि शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।