एनएमबि फिप्टीको इकाई नेप्सेमा सूचीकृत

Dec 04, 2019 06:31 PM Merolagani



एनएमबि क्यापिटलको तेस्रो म्युचुअल फण्ड “एनएमबि फिप्टी” को १२ करोड ५० लाख इकाई मंसिर १८ गते बुधबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। 

क्यापिटलले बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने फण्डको इकाई सूचीकरण गराएको हो।

एनएमबि क्यापिटलले गत साउन १३ देखि भदौ १० गतेसम्म एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड  लाख इकाई जारी गरेको थियो। तर मागभन्दा धेरै आवेदन परेपछि क्यापिटलले ५ करोड बराबरकाृ ५० लाख इकाई थप गरि भदौ १३ गते बाँडफाँड गरेको थियो। 

सात वर्षे बन्दमुखी प्रकृतिको ’एनएमबि फिप्टी’ ले शेयर बजारमा रहेका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी लगानीकर्तालाई उत्कृष्ट लाभांश वितरण गर्ने लक्ष्य राखेको छ।

एनएमबी–५० दोस्रो, तेश्रो र चौंथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण समेत गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।