निर्धन उत्थानले लाभांश पारित गर्न डाक्यो साधारण सभा

Dec 05, 2019 08:41 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले लाभांश पारित गर्न पुस १३ गते एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेस, नक्सालमा बिहान साढे १० बजे सुरु हुनेछ।

सो सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर, बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिका सदस्यहरुको मनोनयन अथवा नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर ३० गतेदेखि पुस १३ गतेसम्म शेयर दाखिल खारेज गर्नेछ। मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ३० प्रतिशत बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

लघुवित्तले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ७२ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ २९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१२ गुणा कायम भएको थियो।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।