युनाईटेड फाइनान्सले शुक्रबारदेखि थप ७ वटा नयाँ शाखाबाट सेवा प्रदान गर्ने

Dec 05, 2019 05:10 PM Merolagani

युनाईटेड फाइनान्स (UFL) ले मंसिर २० गते शुक्रबारदेखि थप ७ वटा नयाँ शाखाबाट सेवा प्रदान गर्ने भएको छ। हाल देशभरी रहेको १५ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको यस फाइनान्सले शुक्रबार एकैदिन ७ नयाँ शाखा विस्ता गर्ने भएको हो।

फाइनान्सले एकसाथ धरान, इटहरी, जनकपुर, बर्दिबास, निजगढ, हेटौंडा र भैरहवाबाट सेवा सुचारु गर्न लागेको हो। 

भारतको प्रतिष्ठित मुथुत्त फाइनान्सको समेत लगानी रहेको यस फाइनान्सले पछिल्लो समय ग्राहकमुखी सेवामा जोड दिने रणनीति अंगालेको छ ।

फाइनान्सले सञ्चालक समितिको मंसिर १७ गते सम्पन्न २४०औं बैठकले जगेडा कोषमा रहेको वितरण योग्य रकम मध्ये ३ प्रतिशत बोनस शेयर तथा आ.व. २०७५/७६ कोे बाड्न योग्य मुनाफा बाट कर सहित ७.५२६ प्रतिशत नगद लाभासं वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी साधारण सभाबाट पारीत भए पश्चात मात्र कार्यान्वयन हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।