बैंक कर्मचारीलाई चेक कसलाई दिनुपर्छ भन्ने थाहा नहुनु लज्जास्पद: गभर्नर

Dec 06, 2019 11:07 AM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका कर्मचारीहरुलाई कसलाई, कसरी चेकबुक दिनुपर्छ भन्ने समेत थाहा नहुनु लज्जास्पद विषय भएको बताएका छन्।

ग्लोबल आईएमई र जनता बैंकको एकीबृत कारोबार कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुले मानव संसाधन व्यवस्थापन सम्बन्धि योजना राष्ट्र बैंकले हेर्नुपर्ने अवस्था आएको बताए। 

गभर्नर नेपालले अहिले पनि धेरै बैंकमा दक्ष कर्मचारीको अभाव रहेको बताउँदै बैंकरहरुले कर्मचारीको कार्य क्षमता अभिवृद्धिमा हेलचेक्र्याई गरेको आरोप लगाए। यसलाई राष्ट्र बैंकले निकै संवेदनशिल रुपमा लिएको छ। उनले भने।

 

 

मुनाफाको ३ प्रतिशत रकम कर्मचारीको क्षमता बढाउन खर्च गर्नुस् भनेर निर्देशन दिँदा समेत उच्च पदस्थ कर्मचारी मात्र विदेश भ्रमणमा जाने गरेको आरोप लगाउँदै उनले कर्मचारीलाई पनि तालिम दिएर दक्ष बनाउन निर्देशन दिए।

अहिले ठूला बैंकहरुको पनि मुख्य चुनौति भनेको डिजिटलाईजेशन भएको भन्दै उनले प्रविधिक सुरक्षामा खर्च बढाउँदै सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक रहेको बताए। पछिल्लो समय साइबर सुरक्षा चुनौति  बढिरहेको बताउँदै उनले यसमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिए।

बैंकका सञ्चालकहरुले व्यवस्थापनलाई यति मुनाफा गर्नेपर्छ भनेर लक्ष्य दिने गरेको भन्दै उनले गलत प्रेसर नदिन सञ्चालकलाई आग्रह गरे। 

राष्ट्र बैंकले कुनै पनि नीति ल्याउनुपूर्व अध्ययन गरेर मात्र ल्याउने बताउँदै उनले बिग मर्जरलाई निरन्तरता दिने उनको भनाई थियो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।