सानिमा क्यापिटलका सीईओ जोशीको राजीनामा स्वीकृत

Dec 06, 2019 11:49 AM Merolagani



सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

क्यापिटल सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेसँगै उनी २०७६ मार्ग १७ को कार्यालय समयपश्चात पदीय हैसियतबाट अलग भएको क्यापिटलले जनाएको छ।

सनराइज बैंकमा करिब १८ महिना जागिर खाएर नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा करिब सात बर्ष काम गरेका जोशी स्थापनाकाल देखि नै सानिमा क्यापिटलमा आबद्ध थिए।

सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो। जसले सानिमा सामूहिक लगानी कोष तथा डिपोजिटरी सञ्चालन गरिरहेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।