सानिमा क्यापिटलका सीईओ जोशीको राजीनामा स्वीकृत

Dec 06, 2019 11:49 AM Merolagani



सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

क्यापिटल सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेसँगै उनी २०७६ मार्ग १७ को कार्यालय समयपश्चात पदीय हैसियतबाट अलग भएको क्यापिटलले जनाएको छ।

सनराइज बैंकमा करिब १८ महिना जागिर खाएर नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा करिब सात बर्ष काम गरेका जोशी स्थापनाकाल देखि नै सानिमा क्यापिटलमा आबद्ध थिए।

सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो। जसले सानिमा सामूहिक लगानी कोष तथा डिपोजिटरी सञ्चालन गरिरहेको छ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।