माछापुच्छ्रेको २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Dec 08, 2019 10:56 AM Merolagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले २ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका एक संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिइएकोले सो शेयर बिक्री गर्न लागेको हो।

बैंकका संस्थापक शेयरधनी शरद कुमार नेपालले आफ्नो नाममा रहेको २ हजार कित्ता बिक्री गर्न बैंकमा निवेदन दिएका थिए। सो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, शेयर विभाग, पुतलीसडकमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर सङ्ख्या खुलाई आवेदन दिन बैंकले अनुरोध गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।