यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन्। खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ।
भूटानविरुद्व ४-० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो। खेलको निर्धारित समयसम्म १-० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।
सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २-१ को जीत हात पा¥यो। जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ।
त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ। यता बङ्गलादेशको ४ अङ्क रहेको छ। श्रीलङ्का र माल्दिभ्सको भने समान २-२ अङ्क रहेको छ। नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ। सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो।