कामना सेवाको साधारण सभा आह्वान

Dec 09, 2019 08:45 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले पुस १७ गते १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। मंसिर २९ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।