नेपाल फाइनान्स ५ वर्षपछि समस्याग्रस्त संस्थाबाट मुक्त

Dec 11, 2019 09:00 AM Merolagani

नेपाल फाइनान्स (NFS) लाई नेपाल राष्ट्र बैंकले करिब ५ वर्षपछि समस्याग्रस्त अवस्थाबाट फकुवा गरेको छ। राष्ट्र बैंकको मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको हो।

केन्द्रीय बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार कायम गर्न निर्देशन दिएको थियो। तर, फाइनान्स समस्याग्रस्त संस्थाबाट बाहिर आउनका लागि ५ वर्ष लागेको हो।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार निक्षेप स्विकार गर्ने कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो।

राष्ट्र बैंकले फाइनान्सको २०७० पुस मसान्तसको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन अनुसार समस्याग्रस्त घोषणा गरेको थियो। सुपरिवेक्षकीय समायोजन पछि फाइनान्सको पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्क्रिय कर्जा ५४.१८ प्रतिशत रहेको भेटिएपछि केन्द्रीय बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो।

साथै, २०७० असार मसान्तसम्म २२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको, फाइनान्सको संस्थाका संस्थापक एवम विगतमा लामो समयसम्म कार्यकारी प्रमूख रहेका रविचन्द्र प्रधान, निजको परिवार र निजसंग सम्बन्धीत व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशत भन्दा धेरै शेयर स्वमीत्व रहेको छ।

स्थलगत निरीक्षणमा संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाइ राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रबाह गरेको लगायतका गम्भिर प्राकृतिक कैफियत देखिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।