शेयर बजारमा दोहोरो अंकको सुधार, लगानीकर्ताको आकर्षण बीमामा

Dec 12, 2019 04:12 PM Merolagani

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोस्रो दिन दोहोरो अंकको सुधार देखिएको छ। बुधबार दोहोरो अंकले बढेको बजारलाई बिहीबार पनि पच्छाउँदा गत साताको मंगलबारदेखि शेयर बजार आठ दिनमा ६०.६५ अंकले नेप्से सूचक बढिसकेको छ। 

यस दिन नेप्से सूचक ११.१७ अंकले बढेर ११७२.६४ बिन्दुमा पुगेको छ भने करोबार रकम पनि ७६ करोड रुपैयाँ नाघेको छ। १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता शेयर १० हजार १४६ पटकको कारोबारट ७६ करोड ४० लाख बराबरमा खरीद बिक्री भएको छ।

बिहीबार अघिल्लो दिन बुधबारको  तुलनामा २१ करोड २७ लाख रुपैयाँले कारोबार रकम बढेको हो।अघिल्लो दिन बुधबार ५५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

लगातारको गिरावटले निराश बनेका लगानीकर्ताहरुको बजार सुधारको गतिसँगै मनोबल केहि बलियो भएको छ। जसले गर्दा दिनदिनै कारोबार रकम समेत बढ्दै गएको छ। शेयर बजारमा सुधार आएसँगै ब्रोकर कार्यलयहरु समेत भरीभराउ हुन थालेको छ जसले शेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको देखाउँछ।

यस दिन स्वाबलम्बन लघुवित्तको संस्थापक शेयरको सबेभन्दा धेरै करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने डिप्रोक्स लघुवित्तको ४ करोड, एनएमबि बैंक र नेपाल लाइफको ३-३ करोड र नेपाल बैंकको २ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।

 

बिहीबार कारोबारमा आएका ११ वटै कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ भने अन्य कम्पनीको शेयरमूल्य उच्च रुपले बढेको छ। यस दिन अधिकांश बीमा कम्पनीहरको शेयरमूल्य उच्च रुपले बढेको छ।

बीमा कम्पनीहरमा लगानकिर्ताको आकर्षण बढ्दा निर्जिवन र जीवन दुबै बीमा कम्पनीहहरुको शेयरमूल्य बढेको हो। यस दिन निर्जिवन बीमा उपसमुहको सूचक ७.५९ प्रतिशतले बढेको छ भने जिवन बीमा जिवन बीमा उपसमुहको सूचक ५.०५ प्रतिशतले बढेको छ।

बिहीबारको बजारमा पोजेटिभ सर्किट लाग्ने यी हुन् एघार कम्पनी

त्यसैगरी गुँरास लघुवित्त, साल्ट ट्रेडिङ्ग, युनिलिभर लगायतका केहि कम्पनीहरुको शेयरमूल्य भने घटेको छ। कारोबारमा आएका कम्पनीहरुमध्ये गुँरास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ।

बिहीबार कारोबारमा आएका १६८ कम्पनी मध्ये ५७ कम्पनीको शेयरमूल्य अवमूल्यन भएको छ भने ९५ कम्पनीको शेयरमूल्य उकालो लागेको छ। १४ वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।